अनमोल र उद्यमी स्वतन्त्रको सहकार्यमा के हुँदैछ ?

काठमाडौँ। यतिबेला कलाकार एवम् उद्यमी स्वतन्त्रप्रताप शाह र अभिनेता अनमोल केसीले नयाँ प्रोजेक्टमा सहकार्य गर्ने चर्चा नेपाली सिने जगतमा चलेको छ। यहि हप्ता भएको भेटघाटमा स्वतन्त्रले अनमोलसँग मिलेर नयाँ प्रोजेक्ट अघि बढाउने इच्छा जताएका हुन्। स्वतन्त्र यसैमहिना अन्तर्राष्ट्रिय युवा उद्यमी संघको अध्यक्षमा चुनिएका छन्। उनले चलचित्र र शैक्षिक परामर्श कम्पनीहरुमा लगानी गरिरहेका छन्। स्वतन्त्र र अनमोलले चलचित्रकै लागि या कुनै अरु कामका लागि सहकार्य गर्न लागेका हुन् भन्ने कुराको कुनै पनि आधिकारिक जानकारी आइसकेको छैन। स्वतन्त्रले मेरो भ्यालेन्टाइन, फेसबुक आदि चलचित्रमा अभिनय गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×