काठमाडौँ - सुपरम्यानको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन सकेनन्। आज पनि ‘मेन अफ स्टिल’का लागि उनलाई सम्झने धेरै छन् । तर, हेनरीले अब सुपरम्यानको भूमिकामा नफर्कने घोषणा गरेका छन्।
हेनरीले सामाजिक सञ्जालमार्फत् एक भावुक पोस्ट लेख्दै सुपरम्यानको भूमिकामा नफर्कने घोषणा गरेका हुन्। जेम्स गुन र पिटर सेफ्रनका साथ मिटिङ गरेपछि हेनरीले सामाजिक सञ्जालमा लेखेका हुन्। ‘हरेक कोहीका लागि दुःखद खबर छ। म सुपरम्यानको भूमिकामा अब फर्कने छैन। जिम्मेवारी अक्सर फेरिन्छ। म यसको सम्मान गर्छु’, उनले लेखेका छन्।
‘जेम्स एण्ड पिटरलाई एक युनिभर्स बनाउनु छ। म उनलाई र यो नयाँ युनिभर्सको तयारीमा जोडिएका सबैलाई शुभकामना दिन चाहन्छु। उनीहरू सबै, जो यति वर्षसम्म मेरो साथ उभिए। म थोरै दुःख व्यक्त गर्न सक्छु, तर हामीले यो पनि सम्झनु पर्छ, सुपरम्यान अहिले पनि छ। ऊ जसका लागि उभिन्छ, ऊ अहिले पनि छ र उसले कायम राखेको मिसायल अहिले पनि छ। लबेदा लगाउने मेरो समय गयो, तर जुन कुराका लागि सुपरमेन खडा हुन्छ, त्यो कहिल्यै पनि जाँदैन’, उनले लेखेका छन्।
केही दिनअघि ड्वेन जोनसनले ‘ब्ल्याक एडम’को रिलिजको समयमा फिल्मको आगामी भागमा हेनरी केविल सुपरमेन बनेर फर्कने बताएका थिए। यो फिल्म डीसी एक्सटेन्डेड युनिभर्सको हिस्सा हुनेछ।
हेनरी पहिलोपटक सन् २०१३ मा रिलिज फिल्म ‘मेन अफ स्टील’मा सुपरम्यान बनेका थिए। यो डिसी युनिभर्सको पहिलो फिल्म थियो र यो सुपरहिरो रिबूट फिल्म थियो। ‘बेटमेन भर्सेस सुपरम्यान’ र ‘जस्टिस लिग’मा उनले यो भूमिका निभाएका थिए।