भारत। बलिउड अभिनेत्री केटरिना केफ र अभिनेता विक्की कौशल केहि समय अघि मात्रै वैवाहिक बन्धनमा बाधिएका हुन्। जसपछी जोडी हनीमूनका लागि माल्दिभ्स गएको थियो। हालै मात्र जोडी माल्दिभ्सको यात्राबाट फर्किएको छ। मुम्बई फर्किने बित्तिकै अभिनेत्री आफ्नो वैवाहिक जीवनमा व्यस्त भएकी छिन्। अभिनेत्रीले सामाजिक सञ्जालको स्टोरीमा एक तस्विर राख्दै विवाहपछीको 'पहिलो भान्सा'को परम्परा पुरा गरेको जानकारी दिएकी छिन्। उनले हलुवाको तस्विर सञ्जालमा राख्दै लेखेकी छिन् "मैले बनाए"। अहिले उनको उक्त पोस्ट निकै भाइरल भइरहेको छ।
