काठमाडौँ - अमेरिकी सहयोग परियोजना (एमसिसी)सम्बन्धी सम्झौतामा छलफल गर्न संसद् बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता यतिबेला जारी छ।
देउवालाई भेट्न प्रचण्ड बिहीबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डबीच अहिले कुराकानी भइरहेको छ। संसदमा टेबल भएको एमसिसी सम्झौताका विपक्षमा उभिने माओवादीले निर्णय गरेको छ। सत्ता गठबन्धनबाट एमसिसी पारित गर्न नसकिने भए प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को साथ लिएर भए पनि पास गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। त्यसका लागि उनले एमाले अध्यक्ष ओलीसँग सघन वार्ता गरिरहेका छन्।
एमसिसीबारे छलफल गर्ने कार्यसूची भएको संसद् बैठक आजै बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको छ।