मंसिर १६ मा विवाह गर्दै संयम र आश्मा

काठमाडौँ - अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी विवाह बन्धनमा बाँधिने भएका छन्। करिब १० वर्षको प्रेम दुबैले विवाहमा परिणत गर्न लागेका हुन्।

दुबैको विवाह समारोह यही मंसिर १६ गते हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ। विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाई माझ पुगिसकेको छ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन्। आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन्। फिल्म ‘आभाष’ संयम र आस्मा एकसाथ देखिएका थिए।

संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन्। संयम र आश्मा  दुबै पछिल्लो समय अमेरिका रहँदै आएका छन्। विवाहकै लागि उनीहरु शुक्रबार नेपाल फर्किएका छन्। संयमको रिसेप्सन पार्टी भने मंसिर २१ गते आयोजना हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×