काठमाडौँ - अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ। फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ। फिल्मको कथा १ दाजु र उनका ४ बहिनी वरपर घुमेको छ।
अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय नगर्ने बताएका छन्। ‘म अलग अलग किसिमका कथामा अघि बढ्न चाहन्छु। म कुनै पनि किसिमको छवि बनाउन चाहदिनँ। मैले काम गर्ने भनेको पारिवारिक फिल्ममा नै हो। घिन लाग्दो फिल्ममा काम गर्दिनँ,’ उनले भनेका छन्।
अक्षयको यो फिल्म र आमिर खानको ‘लाल सिंह चड्डा’ एकैदिन रिलिज हुँदैछ।