काठमाडौँ - ललितपुरमा सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको छ।
गएराति साढे १० बजे ललितपुरको बागडोलमा वाग्मती प्रदेश ०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल सडक छेउको रेलिङमा ठोक्किँदा चालक बाँकेका ३० वर्षका गणेशकुमार थारुको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुको उपचारका क्रममा राति साढे ११ बजे पाटन अस्पतालमा मृत्यु भएको हो ।