धनगढी - धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता चैत ७ देखि १२ सम्म हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य–सचिव दीपकबहादुर सिंहले जानकारी गराए।
प्रतियोगिता विजेताले ४ लाख, उपविजेताले २ लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख र ५० हजार रुपैयाँसहित प्राप्त गर्नेछन्। सर्वोकृष्ट खेलाडीले २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, स्पाइकर, ब्लकर, डिफेन्स, सर्भर र प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिनेछ। हरेक खेलका म्यान अफ द म्याचले १ हजार ५ सय पाउनेछन्।