काठमाडौँ - नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएका लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ। एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय भएको थियो। तर श्रीलंका क्रिकेट (एसएलसी) ले तत्काका लागि लागु हुने गरी लिग स्थगित भएको जनाएको छ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको हो। लिगको अधिकार पाएको इन्नोभेसन प्रोडक्सन ग्रुपले देशको वर्तमान आर्थिक अवस्थाका कारण लिग गर्न नसक्ने भन्दै आग्रह गरेपछि श्रीलंका क्रिकेटले उक्त निर्णय लिएको बताएको छ।
तेस्रो संस्करणको एलपीएलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने दम्बुला जायन्ट्समा अनुबन्धित भएका थिए। उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको हो।