काठमाडौँ - स्पेजियालाई २-१ ले हराउँदै एसी मिलान शनिबार इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा फर्किएको छ।
२१औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानले अग्रता लिएको थियो। ५९औं मिनेटमा ड्यानियल माल्डिनीले गरेको गोलमा स्पेजिया खेलमा फर्किएको थियो।
खेल सकिन १ मिनेट बाँकी रहँदा ओलिभर जिरौउडले गरेको गोलमा मिलानले ३ अंक पक्का गर्दै दोस्रो स्थानमा उक्लिएको हो। जिरौउडले ८३औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए। गोल पछि समेत उनले पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो।
मिलान १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो। जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ अंक कम हो।