काठमाडौँ - पाकिस्तानसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रवार पाकिस्तानसँगकाे मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टाेली घाेषणा गरेकाे हाे।
घाेषणा गरिएकाे टाेलीमा नियमित कप्तान तथा गाेलकिपर किरण चेम्जाेङलाई विश्राम दिइएकाे छ। चेम्जाेङ व्यावसायिक फुटबलका लागि भारतमा रहेका छन्। नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा कात्तिक ३० गते मैत्रीपूर्ण फुटबल हुँदैछ। पाकिस्तानको पुरुष फुटबल टोली ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो।
नेपाली टाेलीमा
गोलरक्षक - विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु
डिफेन्डर - रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का
मिडफिल्डर - तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आवाश लामिछाने
फरवार्ड - अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ