काराबाओ कपमा लेस्टर र एभर्टनको जित

काठमाडौँ - प्रिमियर लिग क्लब लेस्टर सिटी र एभरटनले काराबाओ कप फुटबल प्रतियोगितामा जितको नतिजा आत्मसात गरेको छ।

जितसँगै दुवै टोली प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३-१ ले हराउँदै लेस्टरले तेस्रो चरणमा स्थान बनाएको हो।

खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल विजेताको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो। पेनाल्टी सुटआउटमा लेस्टरका लागि डेब्यु गरेका गोलकिपर डानिएलले तीनवटा पेनाल्टी बचाएका थिए। त्यस्तै, लेस्टरका हार्भे बर्नेस, युरी टेलीमन्स र ड्युजबरी हलले पेनाल्टीमा गोल गरेका थिए। स्टकपोर्टका रायनले मात्र गोल गरेका थिए।

त्यसैगरी, अर्को इंग्लिस क्लब एभर्टनले पनि तेस्रो चरणमा स्थान बनाउने क्रममा फ्लिडउड टाउनलाई १-० गोलअन्तरले पराजित गरेको छ। एभर्टनको जितमा डेमिराइ ग्रेले निर्णायक गोल गरेका थिए। त्यस्तै उल्भ्स, एस्टन भिल्ला, बर्नली, साउथह्याम्पटन, बर्नेमाउथ, क्रिस्टल प्यालेस, नटिङघम फरेस्ट र ब्रेन्टफोर्डले पनि प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाउँदा फुलहम भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×