बेलायती विश्वविद्यालयद्वारा डा. महाविर पुनलाई सम्मान

काठमाडौँ - बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ।

डा. पुनलाई बेलायती विश्वविद्यालयले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा उनले पुर्याएका योगदान र उनको कर्मको प्रतिफलस्वरूप सम्मान गरिएको हो। सो अवसरमा डा. पुनसँग अन्तक्रियासमेत गरिएको छ। कार्यक्रममा डा. पुनले आफ्नो काम भिडियोमार्फत् प्रस्तुत गरेका छन्। पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराएका छन्।

कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति रहेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×