काठमाडौँ - क्रान्तिकारी छविका कारण विश्वभरि चर्चा पाएका चे ग्वेभारालाई मार्न गोली हान्ने बोलिभियाका सैनिकको मृत्यु भएको छ।
मारिनो तेरान नामक ती सैनिकले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। उनको ८० वर्षको उमेरमा मृत्यु भएको हो। लामो समयदेखि बिरामी रहेका तेरानको बिहीबार मृत्यु भएको द गार्डियनले उल्लेख गरेको छ।
अर्जेन्टिनाका फिजिसियन ग्वेभारालाई बोलिभियाका सैनिकहरूले एउटा गाउँमा पक्राउ गरेका थिए। पक्राउपछि उनलाई मारिएको थियो। घाइते ग्वेभारालाई गोली हान्ने जिम्मा त्यतिबेलाका सैनिक तेरानलाई दिइएको थियो।
ग्वेभारा त्यतिबेला ३९ वर्षका थिए।