काठमाडौँ - गायक कमल खत्री र गायिका मेलिना मैनालीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। शुक्रवार दिउँसो सार्वजनिक उक्त गीतको बोल छ, ‘गुनगुनाउने बानी परेछ।’ यो प्रेम गीतमा कमल र मेलिनाले स्वर मात्रै दिएका छैनन्, अभिनयसमेत आफैँ गरेका छन्।
गायक खत्रीकै शब्द,संगीत रहेको गीतमा बिजेश्वर राज तण्डुकारको संगीत संयोजन रहेको छ। निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङले छायाँकन एवं सम्पादन गरेका छन्।
गीत कमलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। यसअघि यी दुईले स्वर दिएको ‘फिक्का फिक्का’ गीत निकै हिट भएको थियो। त्यसपछि ‘के के हुन्छ’, ‘म गीत हुँ तिम्रो २’ लगायतका केही गीतहरूमा कमल र मेलिनाले सहकार्य गरेका छन्।