चलचित्र ‘लाखे’को लागि छानिए १० कलाकार 

काठमाडौँ। नेपाली चलचित्र ‘लाखे’को लागि अडिसनबाट १० कलाकार छनोट गरिएको छ। अडिसन थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा भएको थियो। २ सय भन्दा बढीले दिएको अडिसनमा १० जना कलाकार छानिएका हुन्। सम्राट बस्नेत निर्देशक रहेको चलचित्रका लागि सह-नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छानिएका हुन्। चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा आदि कलाकारहरुको पनि अभिनय रहनेछ। चलचित्रको छायांकन पुसको दोस्रो साताबाट थालिने निर्माण पक्षले बताएको छ। चलचित्रमा निर्माता सिजन अर्यालको कथा रहेको छ। गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको कथा पूर्ण रूपमा लाखे परम्परामाथि समेटिएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×