भारत। बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकरको आउँदो चलचित्र 'बधाई दो'को नयाँ प्रदर्शनी मिती घोषणा गरिएको छ। यो कुराको जानकारी निर्माण पक्षले सामाजिक सञ्जालको मार्फतबाट दिएको हो। पहिला चलचित्र २८ जनवरी २०२२मा आउने भनिएको थियो। तर, अब चलचित्र ४ फेब्रुअरी २०२२मा आउने बताईएको छ। जंगली पिक्चर्सले सञ्जालमा पोस्ट गर्दै लेखेको छ 'रिलीज शेड्यूलमा बदलावका कारण रिलीज मिती ४ फेब्रुअरी २०२२लाई तय गरिएको छ। अब चलचित्र प्रेमको महिनामा आउनेछ र यो भन्दा राम्रो महिना सुरु गर्ने तरिका हुनै सक्दैन।' जंगली पिक्चर्सको प्रोडक्सन र हर्षवर्धन कुलकर्णीको निर्देशनमा बनेको चलचित्रमा राजकुमार र भूमिका अलावा सीमा पहवा, शीबा चड्ढा, लवलीन मिश्रा, नीतेश पांडे र शशि भूषण लगायतका कलाकारहरुको अभिनय पनि रहनेछ।