काठमाडौँ - अत्यधिक कन्ट्रोभर्सीमा पर्ने शो हो- बिग बोस। यसको १६औं श्रृङ्खला सुरु हुने तरखरमा छ।
नयाँ श्रृङ्खला सुरु हुने बेला चर्चा भने शोको होइन, सलमान खानको पारिश्रमिकको भइरहेको छ। यस पटक कार्यक्रममा नियमित होस्ट सलमानले १ हजार करोड पारिश्रमिक मागेका छन्। अर्थात् १० अर्ब भारु। नेपाली १६ अर्ब।
यो भनेको बिग बोस सिजन १५ भन्दा ३ गुणा ज्यादा पारिश्रमिक हो। यद्यपि यसका मेकरहरूले यसबारे आधिकारिकरूपमा बोलेका छैनन्।
भारतीय सञ्चारमाध्यमहरूले त सलमानले मागेको पारिश्रमिकलाई यस वर्षको हिट फिल्म केजीएफ २ सँग पनि तुलना गरेका छन्। रिपोर्टका अनुसार सलमानले मागेको पारिश्रमिक केजीएफ २ को बजेटभन्दा १० गुणा ज्यादा हो।
बिग बोस को १६औं श्रृङ्खला अक्टोबरबाट प्रशारण हुनेछ।