काठमाडौं । पानी जीवन हो । पानीविना कुनै पनि जीवजन्तु धेरै समय बाँच्न सक्दैनन् । मानव स्वास्थ्यका लागि त पानी अझ महत्वपूर्ण छ । नियमित पर्याप्त पानी पिउनले धेरै रोगहरुबाट सुरक्षित रहन सकिन्छ । तर जाडो महिनामा चिसो हुने भएकोले धेरैजनाले आवश्यकता मात्रामा पानी पिउन छोडिदिन्छन् । यसको असर अन्ततः व्यक्तिको स्वास्थ्यमा देखिने सम्भावना रहन्छ ।
जाडो महिनामा पर्याप्त पानी नपिउदा हुने असर
–मुड र किड्नीमा असर
–अनुहार फुर्सो हुनु
–मुटुमा समस्या
–मांशपेशी दुख्नु
–जोर्नीमा दुखाइ
कुन उमेरकाले दैनिक कति पानी पिउने ?
–४ देखि ८ वर्षसम्मका बच्चाहरुले ८ गिलास
–९ देखि माथि उमेरका महिलाले १४ गिलास
–९ देखि १३ वर्षसम्मका बच्चाहरुले १२ गिलास
–गर्भवती महिलाले १६ गिलास
–१४ देखि १८ वर्षसम्मकाले १२ देखि १७ गिलास
–१९ वर्षदेखि माथिका पुरुषले २० गिलास
–स्तनपान गराइरहेका महिलाले २० गिलास