ललितपुरमा सिरिन्ज अभाव हुँदा खोप कार्यक्रम प्रभावित

ललितपुर । खोप लगाउन चाहिने सिरिन्जको अभाव भएकाले खोप प्रभावित हुन थालेको छ । सरकारबाट आवश्यक खोप आएता पनि त्यसका लागि आवश्यक सिरिन्ज नपठाउनाले खोप कार्यक्रम प्रभावित हुँदै गएको हो ।

ललितपुर जिल्लामा मात्र करिब १५ हजार सिरिन्जको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयबाट जानकारी आएको छ । कार्यालयका अनुसार केन्द्रमा खबर गर्दा व्यवस्थापन हुने प्रतिवद्धता पाएको तर केन्द्रमा नै सिरिन्जको अभाव रहेको हुन सक्ने सम्भावना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले अभावलाई मध्यनजर गर्दै सबै खोप केन्द्रहरूलाई दक्ष जनशक्ति राखेर सकेसम्म सिरिन्ज खेर जान नदिन भनिएको बताएको छ । 

ललितपुरमा सरकारी अस्पतालसँगै आठ वटा निजी अस्पतालहरूलाई खोप केन्द्र तोकिएको छ। जसमा सर्वाङ्ग, स्टार, सुमेरू सिटी, अल्का, निदान, बिएण्डबी, मेडिसिटी र सुमेरू अस्पताल छन्। तर यी निजी अस्पतालहरूमा पनि सिरिन्जको अभाव भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×