सामाजिक कथामा आधारित 'सरी मम' को शुभमुहुर्त

काठमाडौँ - सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म सरी ममको बिहीबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तसँगै छायांकन पनि शुरु गरिएको हो। क्यामेरा पुजा गर्दै थालिएको कार्यक्रममा अभिनेत्री प्रभात पल र सरिता लामिछानेले मुहूर्त सर्ट दिएका थिए ।

यसैगरी फिल्मका निर्माता तथा वितरक गोपालकाजी कायस्थले क्ल्याप हानेका थिए। मुर्हुत सर्टको निर्देशन रञ्जित रानाले गरेका थिए।

विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रभात र सरिताका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, बिहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईं, प्रविल कटुवाललगायतको अभिनय देख्न सकिनेछ। फिल्मको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिने निर्माण पक्षले बताएको छ।

यस फिल्म एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुनेछ । यसै फिल्ममार्फत निर्देशक नविन बोगटीले डेब्यु गर्नेछन्। यस फिल्ममा एक महिनाको छायांकन सेड्युल राखिएको छ । फिल्मको छाँयाकन दीर्घ गुरुङले गर्ने छन् भने आगामी बर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने योजना रहेको निर्माण पक्षले जानकारी गराएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×