महिला युरोकप आजबाट, पहिलो खेलमा इंग्ल्याण्ड र अस्ट्रिया भिड्दै

काठमाडौँ - युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको आयोजनामा हुने १३ औं संस्करणको महिला युरोकप आजबाट सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले अस्ट्रियाको सामना गर्दैछ। 

उद्घाटन खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागि १६ लाई ४ समूहमा विभाजन गरिएको छ। १६ टोलीमध्ये नर्दन आयरल्याण्डले पहिलोपटक महिला युरो कपमा सहभागिता जनाउन लागेको हो। 

महिला युरोकपको समूह विभाजन

समूह ए - इंग्ल्याण्ड (आयोजक),अस्ट्रिया, नर्वे, नर्दन आयरल्यान्ड

समूह बी - स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड

समूह सी - स्विडेन, नेदरल्याण्ड्स (साविक विजेता), पोर्चुगल, स्विट्जरल्याण्ड

समूह डी - फ्रान्स, इटाली, बेल्जियम, आइसल्याण्ड

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×