मकवानपुरमा बर्डफ्लु् देखिएको पुष्टि

हेटौँडा – मकवानपुरमा बर्डफ्लु देखिएको छ। भीमफेदी गाउँपालिका वडा नम्बर २ क्षेत्रमा पालिएको टर्की कुखुरा मर्न थालेपछी परीक्षण गर्दा त्यहाँ बर्डफ्लु संक्रमण पुष्टि भएको हो। बर्डफ्लु देखिएको क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त क्षेत्रको कुखुराहरु नष्ट गर्ने तयारी भइरहेको छ। 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बर्डफ्लु नियन्त्रणका प्रयासका लागि तयारी अघि बढाइएको छ। प्रजिअ पाण्डेले नाकामा कुखुरा चेकलाई तीव्रता दिने, संक्रमित स्थानमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्ने, बर्डफ्लु संक्रमण पुष्टि भएको इलाकाभित्र चेकलाई तत्काल अघि बढाउने निर्णय भएको जानकारी दिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×