काठमाडौँ - दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत फेला परेकी छिन्। शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।
लाइभ दोहोरी गीतका कारण चर्चामा रहेकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। ३० वर्षीया गायिका सुनारको जन्मघर सुर्खेत हो। सुर्खेत हो।
शुक्रबार राति आफूलाई बाँच्न मुस्किल भएको भन्दै उनले फेसबुकमा स्ट्याटससमेत लेखेकी थिइन्।
महानगरीय प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।