सलमान खानको ‘दबंग ४’ डिसेम्बरबाट सुरु हुँदै

काठमाडौँ - अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउँदैछन्। फिल्मको लेखन तथा निर्देशन तिग्मांशु धुलियाले गर्नेछन्।

फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुने भएको छ। सलमानको बुझाइमा तिग्मांशुले चुलबुल पाण्डेको कथामा थ्रिल र एडभेञ्चर ल्याउन सक्छन्। त्यहीकारण उनी तिग्मांशुको कामबाट खुशी छन्।

तिग्मांशुले आफ्नो करियरको सुरुवात फिल्म ‘हासिल’बाट गरेका थिए। यसपछि उनले ‘साहब बीबी और ग्याङगस्टर’, ‘पान सिंह तोमर’, ‘साहब बीबी और ग्याङ्गस्टर रिटन्र्स’, ‘बुलेट राजा’ र ‘यारा’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन्।

उनले ‘ग्याङ्स अफ वासेपुर’, ‘शाहीद’, ‘जीरो’ र ‘माझी द माउन्टेन मेन’ जस्ता फिल्ममा अभिनय पनि गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×