काठमाडौँ। अभिनेत्री रेखा थापा विवाहको तयारीमा जुटेकी छिन् । खबरका अनुसार उनी वि.स २०७९ मा वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेकी छिन्।
निर्देशक छवि ओझासँग सम्बन्धविच्छेद भएपछि थापाको विवाहको चर्चा प्रत्येक वर्ष जस्तो चल्न थालेको छ। उनको २०७९ सालको सुरुवात (सम्भवत वैशाख)मा नै विवाह गर्ने तयारी रहेको जनाईएको छ। पहिला उनी आफ्नो विवाहको चर्चालाई असमर्थन गर्ने गर्थिन्। तर, अहिले उनले विवाहको चर्चामा असमर्थन जनाएकी छैनन्।
विवाहको प्रश्न उठ्नासाथ उनले पहिला देखि नै आफूले आगामि वर्ष विवाह गर्ने बताउँदै आएकी छिन्। आफूले विवाहबारे थप प्रश्न नआओस् भन्नका लागि पनि यस्तो जवाफ दिने गरेको उनले जनाएकी छिन्।
यसपटक पनि उनले विवाहको हल्लालाई पूर्ण समर्थन गरेकी छैनन्। तर, उनीनिकटहरुले आगामि वैशाखमा उनको विवाह हुने निश्चित भएको जनाएका छन्।