काठमाडौँ। लेखु सहयात्री र मेलिना राईको आवाज रहेको गीत 'भकारी' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा अम्बिका गरुङको शब्द तथा कोशिश क्षेत्रीको संगीत रहेको छ। त्यसैगरि उदय राज पौडेलको संयोजन रहेको छ। गीतको भिडियोमा नाजिर हुसैन र गरिमा शर्माको अभिनय रहेको छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'भवसागर इन्टरटेनमेन्ट एलएलसी'बाट सार्वजनिक गरिएको हो।
भिडियो: