काठमाडौँ - दर्शकले अब नयाँ कमेडी टेलिभिजन शो ‘कमेडी हब’ हेर्न पाउने भएका छन्। कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले आफ्नो निर्देशनमा शो ल्याउन लागेका हुन्।
'कमेडी हब' बुधबारबाट सुरु हुदैछ। बुधबारबाट सुरु हुने शोको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुभारम्भ भएको हो। जसको शुभारम्भ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतले गरेका थिए।
'कमेडी हब'मा 'कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, राजेन्द्र नेपाली 'लट्टे', जानुका पौडेल 'प्याकुली', दिलीप तामाङ 'हुरहुर', खड्गबहादुर पुन 'खबपु', प्रभात लामा, संगम राई 'लब्ली', नारिया गिरी, राधिका कँडेल, बेदना राई 'मैना', सीता न्यौपाने, अनिल राई 'आम्बो', दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको प्रस्तुति रहनेछ।