श्रीनिधि शेट्टीले आफ्नो पारिश्रमिक दोब्बर बढाइन्

काठमाडौँ - श्रीनिधि शेट्टी दक्षिण भारतीय अभिनेत्री तथा मोडल हुन्। उनले २०१६ मा सौन्दर्य प्रतियोगिता ‘मिस सुपरनेशनल’ उपाधि जितेकी थिइन्।

उनले २०१८ मा कन्नड फिल्म ‘केजिएफ’ बाट फिल्म क्षेत्रमा प्रवेश गरिन्। 'केजिएफ' सिरिजमा देखिएकी श्रीनिधिले छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भइन्। उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरूको लाइन लामो रहेको छ। 

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार 'केजिएफ' सिरिज हिट भएपछि श्रीनिधिले आफ्नो पारिश्रमिक दोब्बर बढाएकी छिन्। उनले 'केजिएफ २' मा तीन करोड भारतीय रूपैयाँ लिएकी थिइन्।

उनले आगामी फिल्म ‘कोबरा’ को लागि करिब ६/७ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएकी छिन्। याेसँगै उनी महँगो पारिश्रमिक लिने अभिनेत्री बनेकी छन्। दक्षिण भारतमा निकै कम अभिनेत्री छन् जो यति महँगो पारिश्रमिक लिन्छन्।

श्रीनिधि शेट्टी फिल्म ‘कोबरा’मा अभिनेता चियान विक्रमसँग देखिने छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको लागि चियान विक्रमले करिब २५ करोड भारतीय रूपैयाँ लिएका छन्।

यश अभिनित फिल्म 'केजिएफ २' सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म हो। यो फिल्ममा श्रीनिधि र यशले मुख्य भूमिका निभाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×