काठमाडौँ - गेनारो गटुसो ला लिगा क्लब भ्यालेन्सियाको प्रशिक्षक नियुक्त भएका छन्। भ्यालेन्सियाले बिहीबार गटुसोसँग दुई वर्षको सम्झौता गरेको हो।
सन् २००१ मे मा इटालियन क्लब नापोली छाडेपछि गटुसो कामविहीन थिए। नापोलीमा रहँदा उनले कोपा इटालियाको उपाधि जितेका थिए।
गत समरमा इटलीकै अर्को क्लब फियोरेन्टिनाले इटलीका पूर्व मिडफिल्डर गटुसोलाई प्रशिक्षक नियुक्त गरेपनि काम सुरु हुनुअघि नै उनले क्लब छाडेका थिए।
एसी मिलानमा खेलाडीको रुपमा १३ वर्ष बिताएका गटुसोले अब भ्यालेन्सियामा जोस बोर्डालासको स्थान लिनेछन्। भ्यालेन्सियाको प्रशिक्षक जोस बोर्डालास गत शुक्रबार बर्खास्तीमा परेका थिए।