वाई वाई  यू-१९ राष्ट्रिय क्रिकेटः लुम्बिनीको पहिलो जित

काठमाडौँ - वाई वाई  यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ। पहिलो खेल हारेको लुम्बिनीले दोस्रोमा खेलमा विजयी भएको हो.

लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १०१ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाउदै भेट्टायो। जसमा आकाश त्रिपाठीले नटआउट ५२ रन बनाए।  कर्णालीका अनुज चनाराले २ विकेट हात पारे.

त्यसअघि त्रिवि मैदान कीर्तिपुरमा  लुम्बिनी प्रदेशविरुद्ध टस जितेर ब्याटिङ  गरेको कर्णाली २२.२ ओभरमा १ सय रनमा अलआउट भएको भएको थियो।

कर्णालीका लागि कप्तान विपिन रावलले ३६, सुवास ऐरले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीका बिशाल बिक्रम केशीले ४,अभिषेख गौतमले २ विकेट लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×