दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै

काठमाडौँ - दशरथ रंगशालामा एक दशकपछि पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर लगायत दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन्।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो। कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी इलेमेन्ट्स ब्यान्डले प्रस्तुति दिने भएका छन्।

कन्सर्टले सहरी युवावर्गमा बडादशैंको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ। साथै, कोरोना महामारीले थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायलाई हौसला बढाउने साथै नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्य राखिएको छ।

विगत २० वर्षदेखि कन्सर्ट, सडक महोत्सव गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी समूह, केटीएम लाइभ तथा अप-ट्रेण्डली मिडियाले संयुक्त रूपमा यो सांगीतिक महोत्सवको आयोजना गर्न लागेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×