पोखरा - नवौं राष्ट्रिय खेलकुदको सय मिटर दौडमा सशस्त्र प्रहरीका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको दौडमा उनले १०.५६ सकेन्डमा दौड पूरा गर्दै स्वर्ण हात पारेका हुन्।
यस्तै उक्त दौडको रजत पदक भने युवराज विश्वकर्माले जित्न सफल भएका छन्। उनले १०.५८ सकेन्डमा उक्त दौड पूरा गरेका थिए।
कास्य पदक भने डिल्ली बहादुर भण्डारीले जित्न सफल भएका छन्। उनले १०.७० सेकेन्डमा १०० मिटरको दौड पूरा गरेका थिए।