काठमाडाैँ - आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाई गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम गर्दै नेपाली टोलीको विदाई गरेको हो। नेपाल, अमेरिका र ओमान सम्मिलित डबल राउन्ड रोबिनका आधारमा खेलाइने सिरिज जुन ८ देखि १५ सम्म हुनेछ।
नेपालले ९ जुनमा ओमानसँगको खेलबाट सिरिजको सुरुवात गर्नेछ। त्यस्तै,नेपालले ११ जुनमा अमेरिका, १४ जुनमा ओमान र १५ जुनमा अमेरिकासँग खेल्नेछ।
आइसिसी विश्वकप लिग–२ मा ओमान ३२ खेलबाट ४० अंकका साथ शीर्ष, अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ तथा १२ खेलमा १२ अंक रहेको नेपाल छैटौं स्थानमा छ। सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल(उप कप्तान), विनोद भण्डारी, सुनिल धमला, आदिल अन्सारी, देव खनाल, आरिफ शेख, सोमपाल कामी, करण केसी, विक्रम सोब, किशोर महतो र सागर ढकाल