विश्व वरीयताको शीर्ष स्थानमा उक्लिए डानिल मेदभेदव

काठमाडौँ - रसियन टेनिस खेलाडी डानिल मदभेदेव सर्बियाका नोभाक जोकोभिचलाईपछि पार्दै  विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्। जाकोभिच तेस्रो स्थानमा झर्दा जर्मनका एलेक्जान्डर ज्भेरेभ दोस्रो स्थानमा उक्लिएका छन्। 

सन् २००३ को नोभेम्बरपछि जोकोभिच, राफेल नाडाल, रोजर फेडेरर र एन्डी मुरे मभ्ये एक खेलाडी पनि शीर्ष दुईमा नपरेको यो पहिलोपटक हो। फेब्रुअरीमा छोटो समयका लागि भए पनि मेदभेदेव १८ वर्ष पछि जोकोभिच, नाडाल, फेडेरर र मुरे बाहेक शीर्ष वरियतामा पुग्ने पहिलो खेलाडी बनेका थिए। 

शीर्ष स्थानका मेदभेदेवले ७९५० अंक प्राप्त गर्दा दोस्रो स्थानका ज्भेरेभको ७०७५ अंक रहेको छ। जोकोभिच ६७७०, नाडाल, ६५२५ र कास्पर रुड ५०५० अंकका साथ तेस्रो देखि पाँचौं स्थानमा रहेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×