एक खेलअघि नै नेपाललाई केन्याविरुद्धको एक दिवसीय सिरिज

काठमाडौँ - नेपालले केन्याविरुद्धको एकदिवसीय अभ्यास खेलको सिरिज जितेको छ। शनिबार भएको दोस्रो खेलमा केन्यालाई पराजित गर्दै १ खेलअघि नै सिरिज जितेको हो।

नैरोवीमा भएको दोस्रो खेलमा नेपालले केन्यालाई १६ रनले पराजित गरेको हो। यसअघि भएको पहिलो खेलमा केन्यालाई नेपालले ७ विकेटको जित निकालेको थियो। ३ खेलको एकदिवसीय अभ्यास खेलमा २-० को अग्रता  लिएको छ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको  केन्याले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा २१३ रन मात्रै बनायो। केन्याका ब्याटर रकिप पटेलले सर्वाधिक ८१ रन बनाएका थिए। त्यस्तै कोलिन्स ओबुयाले ३५ रन बनाए। नेपालका दीपेन्द्रसंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनाएको थियो। नेपालका कप्तान रोहित कुमार पौडेलले ७८ रन बनाएका थिए। त्यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७ र आदिल अन्सारीले १४ रन बनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×