काठमाडौँ - आमिर खान र करीना कपूर खानको फिल्म लाल सिंह चड्ढा जम्मा ६० करोड भारु कमाएर सुपरफ्लप भएको छ।
फिल्म सार्वजनिक हुनुअघि नै यसको बहिष्कार गर्नुपर्ने माग उठेको थियो। रिलीज भएपछि दर्शकले पनि यसलाई दुत्कारे अनि नकारात्मक टिप्पणी गरेका थिए। १८० करोड भारुमा बनेको फिल्मले लगानी उठाउन नसकेपछि अब आमिर खानले आफ्नो पारिश्रमिक नलिने भएका छन्।
फिल्मको सहनिर्माता कम्पनी भायाकम १८ ले फ्लप हुनुमा आमिर जिम्मेवार रहेको आरोप लगाएको थियो। भायाकम १८ ले लगभग १०० करोड भारुको घाटा व्यहोर्नुपरेको थियो। त्यसपछि आमिरले पारिश्रमिक नलिने भएका हुन्। उनले यसो गर्दा निर्माताले सानो रकम मात्र गुमाउनेछन्।
फिल्म नचलेको सबै दोष लिँदै आमिरले त्यसको सजाय एक्लै भोग्ने भएका हुन्।