नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल प्रतियोगिता आज हुँदै

काठमाडौँ। नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल प्रतियोगिता आज हुँदैछ।

एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले अफ्रिकी देश मरिसससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो।

कात्तिक पहिलो साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले आगामी जुन महिनामा एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणमा रहेका सबै ३४ जना खेलाडीलाई समेटेर दुई टोली बनाएका छन्।

दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अल्मुताइरीले फरकफरक टोलीको घोषणा गरेका छन्। मरिसस फिफा वरीयतामा नेपाल भन्दा पछाडि रहेको टोली हो । मरिससको फिफा वरीयता १७२ र नेपालको १६९ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×