आज अपरान्ह २ बजे एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।

अध्यक्ष ओलीले अपरान्ह २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ओलीले महाधिवेशन केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

आगामी महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा पुनः दोहोरिने ओलीको योजना रहेको छ । तर उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएपछि ओलीको योजनामा बाधा उत्पन्न भएको छ ।

यसअघि आजै विहान ११ बजे एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

१०औँ महाधिवेशनको तीन दिन अघि बस्न लागेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिनुभयो । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×