युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौँ - आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा घरेलु टोली युएईले नेपाललाई जीतका लागि २०३ लक्ष्य दिएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रनको योगफल बनाएको हो। 

युएईका लागि रोहन मेस्ताफाले सर्वाधिक ६० रन बनाए । ओपनर मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वित्य अरवृन्दले २४, अलिसान सर्फुले २१ र बसेल हमिदले १७ रन जोडे। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र करण केसीले दुई–दुई विकेट झारे। त्यस्तै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक–एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×