काठमाडौँ - यूईएफए नेसन्स लिगमा बेल्जियमले जित निकालेको छ। गएराति भएको खेलमा बेल्जियमले वेस्लसलाई २-१ गोल अन्तरले हराउँदै जित निकालेको हो।
खेलको १०औं मिनेटमा मिची बुत्शुयीले दिएको क्रस पासमा डि ब्रुयनाले गोल गर्दै बेल्जियलाई अग्रता दिलाएका थिए। ३७औं मिनेटमा डि ब्रुयनाको पासमा बुत्शुयीले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाएका थिए।
दोस्रो हाफमा वेल्सले १ गोल फर्काको थियो। ५०औं मिनेटमा ब्रेनन जोनसनको सुन्दर क्रस पासमा किफर मोरेले हेडमार्फत् गोल गरेका थिए। बाँकी रहेको समय दुवैतर्फबाट गोल नभएपछि बेल्जियले २-१ को जित निकालेको हो।
जितसँगै १० अंकका साथ बेल्जिय ग्रुप ‘डी’ को दोस्रो स्थानमा रहेको छ। यो समूहको पहिलो स्थानमा १३ अंकका साथ नेदरल्याण्ड रहेको छ।