‘डंकी’को सेटबाट बाहिरियो शाहरुखको लुक्स

काठमाडाै - यतिबेला बलिउड अभिनेता शाहरुख खान फिल्म ‘डंकी’को छायांकनमा व्यस्त छन्। फिल्मको छायांकन सेटमा खिचिएको एक तस्बिर बाहिरिएको छ। उक्त तस्बिरमा अभिनेता शाहरुखसँग निर्देशक राजकुमार हिरानी पनि देखिएका छन्।

तस्बिर बाहिरिएसँगै शाहरुखको फिल्मी लुक्सको चर्चा भइरहेको छ। कालो पहिरनमा देखिएका शाहरुखलाई उनका प्रशंसकहरूले निकै मन पराएका छन्। बलिउड हंगामाका अनुसार उनको लुक्स बाहिरिएसँगै दर्शकहरुमाझ फिल्मबारे कौतुहलता जगाएको छ।

निर्देशक हिरानी र गौरी खानले निर्माण गर्न लागेको फिल्ममा शाहरुख खान र तापसी पन्नूको मुख्य भूमिका रहेकाे छ। 

बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्।‘म पहिलेदेखि नै राजकुमार हिरानीसँग काम गर्न चाहन्थे। डंकीमा उहाँको साथ काम गर्न पाउँदा निकै खुशी छु’, शाहरुखले भने।

यो फिल्म सन् २०२३ डिसेम्बर ११ बाट प्रदर्शन हुनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×