प्रताप दास र मेलिना राईको स्वरमा 'कठै बिचरा' सार्वजनिक

काठमाडौँ - राज कटुवाल अभीनित नयाँ गीतकाे म्युजिक भिडियाे कठै बिचरा... बजारमा आएकाे छ। प्रताप दास र मेलिना राईले गाएकाे उक्त गीतकाे शब्द सुदीप आत्रेयले लेखेका हुन्।

किरण माइकल घिमिरेकाे संगीत रहेकाे उक्त गीतलाई श्यामस्वेत रसाइलीले एरेन्ज गरेका छन्। प्रिज्मा स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे म्युजिक भिडियाेमा राजलाई अभिनयमा प्रमिला क्षेत्रीले साथ दिएकी छिन्।

जीवन शाहीले निर्देशन गरेकाे म्युजिक भिडियाेकाे काेरियाेग्रापर दीपकमान सिंह हुन्। रमेश शाहीले निर्माण गरेकाे उक्त गीतकाे छायांकन पवन सुस्लिङले गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×