चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक बृद्धि हुने राष्ट्र बैकको प्रक्षेपण

काठमाडौँ - नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ। राष्ट्र बैकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ। बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४ दशमलव ७ प्रतिशत र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ। अघिल्लो बर्ष आयात २८ प्रतिशत र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको जनाएको छ।

राष्ट्र बैकले विप्रेषण प्रवाह नेपाली रूपियाँमा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलर २ दशमलव २ प्रतिशतले बढेको जनाएको छ। मुलुकको शोधान्तरस्थिती २५५ अर्व २६ करोडले घाटामा रहेको उल्लेख गरेको छ। अघिल्लो बर्ष शोधनान्तर स्थिती १ अर्व २३ करोडले बचतमा रहेको थियो। राष्ट्र बैकको पछिल्लो प्रक्षेपणले मुलुकको अवस्था डरलाग्दो अवस्थामा पुगेको अर्थविद्हरुले बताएका छन्।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर मात्रै रहेको छ। उक्त सञ्चिति ६ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र सक्ने अवस्था रहेको बैकले जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×