विद्युत् महसुल नबुझाउँदा उपमहानगरपालिकाको लाइन काटियो

तुलसीपुर - समयमा विद्युत्को  महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत्  लाइन  काटिएको छ। विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो समयदेखिकोे सडक बत्तीको बक्यौता रकम नबुझाउँदा लाइन काटिएको हो। चार महिनाको  महसुल  करिब रु डेढ लाख हुन आउछ।  सडक बत्तीको  रु ८० लाख रुपैया बक्यौता र जरिवानारु १० लाख  गरी कूल ९० लाख रहेको विद्युत् प्राविधिकरण वितरण केन्द्र प्रमुख फर्सालले जानकारी दिए। 

पटक–पटक विद्युत् महसुल बुझाउन पत्र पठाएको भए पनि त्यसको कुनै प्रतिक्रिया नदिएपछि आफूहरु लाइन काट्न बाध्य भएको केन्द्र प्रमुख फर्सालले बताए  उनले सरकारी कार्यालय भएकाले पत्रको प्रतिक्रिया दिएर महसुल तिर्ने प्रतिबद्धता जनाएको भए पनि सहज हुने तर त्यसो पनि गरिएन भने।
 
विद्युत् वितरण केन्द्रले उपमहानगरपालिकाले सडक बत्ती र कार्यालयको महसुल नबुझाउँदासम्म बत्ती जडान नगर्नेसमेत जनाएको छ। उता उपमहानगरपालिकाको विद्युत् लाइन काट्दा सेवा प्रवाहमा भने समस्या देखिन थालेको छ। उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार अहिले जेनेरेटर चलाएर काम चलाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×