काठमाडौँ - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित त्रैमासिक पत्रिका 'अन्तर्दृष्टि' को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन्। 'अन्तर्दृष्टि' साहित्यप्रधान पत्रिका हो।
मनोनित सुवेदीले यसअघि पनि अनेसासको सूचना मूलक प्रकाशन 'अनेसास दर्पण'को सम्पादन कार्यको भूमिकामा थिए। अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले सुवेदीलाई प्रधानसम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकमा आमन्त्रित सदस्य अनेसास बोर्ड अफट्रष्टि सभापति गीता खत्री, उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा.रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो।