भारत। बलिउड अभिनेता सलमान खान,आयुष शर्मा र महिमा मकवानाको बहुप्रतिक्षित चलचित्र 'अन्तिम : द फाइनल ट्रुथ' शुक्रबारबाट प्रदर्शनमा आएको छ। भारतीय सञ्चार मध्यमका अनुसार चलचित्रले आफ्नो पहिलो दिनमा ४.५० करोड भारतीय रुपैँयाको कमाई गरेको छ। सप्तान्तमा चलचित्रले अझ बढी कमाई गर्ने अपेक्षा गरिएको छ। चलचित्र महेश मांजरेकर द्वारा निर्देशित, सलमा खान द्वारा निर्मित र सलमान खान फिल्म्स द्वारा प्रस्तुत गरिएको हो।