क्रिसलाई हानेको झाप्पड स्मिथलाई पर्यो भारी : अस्कर एकेडेमीबाट राजीनामा

काठमाडौँ - अभिनेता विल स्मीथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन्। अस्कर अवार्ड समारोहमा प्रस्तोता तथा कमेडियन क्रिस रकमाथि झापड हानेपछि अभिनेता स्मीथले अस्कर एकेडेमी छाड्नुपरेको हो। नेपाली समयअनुसार गतको सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अस्कर अवार्ड समारोहको क्रममा स्मीथले प्रस्तोता क्रिस रकलाई स्टेजमै गएर झापड हानेका थिए।

आफ्नी श्रीमतीको नाम लिएर व्यंग्य गरेको भन्दै स्मीथले क्रिसलाई झापड हानेका थिए। सो घटनाको केही समयपछि स्मीथले रिचर्ड किंगका लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते। आफ्नो अभिनय जीवनमा पहिलो अस्कर जितेका स्मीथ अवार्डभन्दा पनि क्रिसलाई हानेको झापडका कारण चर्चासँगै विवादमा छन्। अभिनेता स्मीथले दिएको राजीनामा एकेडेमीले स्वीकृत गरेको छ। उनले ९४औँ अस्कर अवार्ड समारोहका क्रममा गरेको व्यवहार स्तब्ध पार्ने खालको, पीडादायी र माफीयोग्य नरहेको भन्दै राजीनामा दिएको वक्तव्यमा उल्लेख गरेका छन्।

एकेडेमीले स्मीथमाथि अनुशासनको कारबाही गर्ने प्रक्रिया जारी रहेको पनि बताएको छ। स्मीथले शुक्रबार वक्तव्य जारी गरेर एकेडेमीबाट राजीनामा दिएको उल्लेख गर्दै आफ्नो व्यवहारका कारण क्रिस, उनको परिवार, आफ्ना साथी तथा प्रियजन, समारोहमा सहभागीहरु र विश्वभरबाट हेरिरहेका दर्शकलाई पीडा भएको उल्लेख गरेका छन्।

आफूले एकेडेमीको विश्वासमा घात गरेको तथा मनोनीत र विजेताहरुलाई उत्सव मनाउनबाट वञ्चित गरेको पनि स्मीथले वक्तव्यमा जनाएका छन्।

श्रोत : देशसञ्चार
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×