स्वास्थ्यको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक सुरु

काठमाडौँ - स्वास्थ्यको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक सुरु आजबाट सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रमा समीक्षा बैठक सुरु भएको हो।

२ दिनसम्म चल्ने समीक्षा बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पतालहरूले एक वर्षमा सम्पन्न गरेका काम, उपलव्धी तथा समस्याहरू पेस गर्ने छन्।

भोलिसम्म चल्ने बैठकमा देशभरबाट स्वास्थ्यका बरिष्ठ अधिकारीसहित विभिन्न निकायका प्रतिनिधिहरू सहभागी भएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×