काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायी एवं आम सर्वसाधारणले विगत केहि साता देखि न्यायालयमा देखिएको गतिरोध तथा नेपाल बारको आन्दोलन विरुद्ध काउन्टर प्रोटेस्ट गरिरहेको छ । यसै क्रममा आज तीनकुनेबाट माइतीघर मण्डलासम्म विशाल मोटरसाइकल र्याली भइ रहेको छ।

उक्त र्यालीमा स्वतन्त्र कानुन व्यवसायीहरुका साथमा अत्यधीक संख्यामा आम सर्वसाधारण युवाहरुको उपस्थिती रहेको छ । 'अदालतमा पस्न नदिने वकिल मूर्दावाद', 'दवाबको शासन अन्त्य गर!, विधिको शाशन कायम गर!' 'मुद्दा हेर्न नदिने वकिल मुर्दावाद' लगायतका नाराहरु लगाउँदै सुरु भएको उक्त र्याली तीन कुनेबाट चाबहिल, महाराजगञ्ज, लैनचौर हुँदै माइतीघर पुगेर आम सभामा परिणत हुने जानकारी आएको छ।

विगत लामो समयदेखि सर्वोच्चमा अराजक शैलीमा भइरहेको नेपालबारको आन्दोलनका कारण धेरै पीडित जनताहरुले न्याय पाउन नसेको बताउँदै स्वतन्त्र कानुन् व्यवसायीहरु सँगै आम सर्वसाधारण एवं पीडित जनताहरुले बारका वकिलहरुको आन्दोलनको विरोध गर्दै काउन्टर प्रोटस्ट गरिरहेका छन् । यसै काउन्टर प्रोटेस्टको सिलसिलालाई निरन्तरता दिँदै युवाहरुको जमातले मोटरसाइकल र्याली गरेका हुन् ।

जनताको न्यायीक अधिकार हनन गर्ने अधिकार नेपाल बारलाई नरहेको बताउँदै पीडित जनताहरुले पनि स्वतन्त्र कानुन व्यवसायीहरुलाई साथ दिइ रहेका छन् भने उक्त काउन्टर प्रोटस्टलाई उन्नत लोकतन्त्र पार्टीले पनि खुलेरै समर्थन गरेको छ ।

निजी स्वार्थको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै केही वरिष्ठ व्यक्तिहरुको इसारामा भइ रहेको आन्दोलनको निहित स्वार्थयुक्त उद्देश्य रहेको बुझेका कारण उनीहरुलाई साथ दिनेहरुले साथ छोड्दै गएका छन् भने यता स्वतन्त्र कानुन व्यवसायी एवं आम सर्वसाधारणहरुको निस्वार्थरुपमा न्यायालयको हितकालागी गरिएको काउन्टर प्रोटेटलाई विभिन्न स्थानबाट साथ र समर्थन थपिँदै गएको छ । यसै क्रममा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष के.के. थापाले पनि स्वतन्त्र कानुन व्यवसायीहरुको यस आन्दोलनको समर्थनमा उभिएका छन् ।
